२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित, करण केसी बने नायक


सञ्चार डबली
  • मंगलबार, जेठ २० २०८२
  • 7.3K
    SHARES

  • images
    स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित, करण केसी बने नायक


    काठमाडौ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ । स्कटल्याण्डमा घरेलु टोलीले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालको जितमा करण केसी नायक बने । उनले ४१ बलमा ६५ रनको अविजित इनिङ खेले । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरे । ओपनर कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र आसिफ शेखले २० रनको योगदान दिए ।

    बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ र सन्दीप लामिछानेले एक विकेट लिए । स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ । यो जितपछि नेपाल लिग–२ मा अंकतालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ । १३ खेलमा ८ अंक जोड्दै नेपाल सातौँ स्थानमा उक्लिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend