२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पञ्जाबलाई हराउँदै बेंगलुरु नौ वर्षपछि चौथोपटक आईपीएलको फाइनलमा


सञ्चार डबली
  • शुक्रबार, जेठ १६ २०८२
  • 5.5K
    SHARES

  • images
    पञ्जाबलाई हराउँदै बेंगलुरु नौ वर्षपछि चौथोपटक आईपीएलको फाइनलमा

    शुक्रबार, १६ जेठ २०८२
    काठमाडौं । पञ्जाब किंग्सविरुद्ध आठ विकेटको सहज जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार न्यु चण्डीगढमा पञ्जाबले प्रस्तुत गरेको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । बेंगलुरुको जितमा ओपनर फिल साल्टले २७ बलमा ५६ रन बनाए । उनले ६ चौका र तीन छक्का प्रहार गरे । मयंक अग्रवालले १९, कप्तान रजित पटिदरले १५ र विराट कोहलीले १२ रन थपे ।

    पञ्जाबका काइल जेमिसन र मुशिर खानले समान एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले १४.१ ओभरमा १०१ रन बनाएको थियो । पञ्जाबका मार्कुस स्टोइनिसले २६ रन जोडे । अज्मतुल्लाह ओमरजाई र प्रभसिम्रनले समान १८ रन थपे । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

    पञ्जाबलाई सस्तैमा समेट्न जस हेजलवुड र सुयास शर्माले समान तीन विकेट लिए । एस दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो सेफर्डले एकरएक विकेट लिए ।

    हालसम्म उपाधि जित्न असफल बेंगलुरु आईपीएलको इतिहासमा चौथोपटक फाइनलमा प्रवेश गरेको हो । बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ मा प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend