२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कजारियाको नयाँ सोरुम जीतपुर, बारामा उद्घाटन, ३ हजारभन्दा बढी विशेष डिजाइन


सञ्चार डबली
  • आइतबार, जेठ ११ २०८२
  • 6.5K
    SHARES

  • images
    कजारियाको नयाँ सोरुम जीतपुर, बारामा उद्घाटन, ३ हजारभन्दा बढी विशेष डिजाइन

    आइतवार, जेठ ११ २०८२
    जीतपुर । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै जीतपुर, बारामा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ। हिमाल ट्रेडिङ्ग द्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका सेल्स प्रतिनिधिहरुको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो।

    यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे । समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे ।

    उनले भने, “जीतपुरमा कजारियाको यस नयाँ सोरुमको उद्घाटन क्षेत्रीय विकासतर्फको एक महत्वपूर्ण कदम हो। यस रणनीतिक विस्तारले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै हाम्रा आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै शहरमा सहज रूपमा उपलब्ध गराउनेछ।”

    बारा जिल्लाको महत्वपूर्ण क्षेत्र जीतपुरमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ।

    विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३ हजारभन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend