२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अन्तिम खेलमा भगवती पराजित


सञ्चार डबली
  • शुक्रबार, जेठ ९ २०८२
  • 5.6K
    SHARES

  • images
    अन्तिम खेलमा भगवती पराजित

    काठमाडौँ, जेठ ९ । भगवती क्लब टोखा सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा पराजित भएको छ । शुक्रबार काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा सरस्वती युथ क्लबले भगवतीलाई ३–२ले पराजित गरेको हो ।

    खेलमा भगवतीले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । खेलको पहिलो हाफमा भगवतीले विक्रान्त नरसिंह लामाको गोलमा १–०को अग्रता बनायो । विक्रान्त नरसिंहले पहिलो हाफको इन्जुरी समयमा टोलीलाई अग्रता दिलाए । तर, भगवतीले यो दोस्रो हाफको मध्यमा लय गुमायो । ७३औँ मिनेटमा सरस्वतीका नोर्बु तामाङले टोलीको निम्ति बराबरी गोल फर्काए ।

    भगवतीले विक्रान्तकै दोस्रो गोलबाट पुनः अग्रता बनायो । विक्रान्तले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई २–१ को अवस्थामा ल्याए । 

    खेलको इन्जुरी समयमा सबिनकुमार लुंगेली मगरले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई फर्काए । यसको केही मिनेटमा नरेशकुमार खत्रीले गोल गरेपछि सरस्वतीले जित पक्का गरेको हो । 

    जितसँगै सरस्वतीले पुनरागमन जित निकाल्दै १८ अंकका साथ लिग अन्त्य गरेको छ । सरस्वतीले १३ खेलमा ६ जित र सात हारबाट १८ अंक जोडेको हो । 

    पराजित भगवतीले भने पहिलो हार व्यहोर्दै लिगको अन्त्य गरेको छ । भगवतीले २६ अंकका साथ लिगको अन्त्य गरेको हो । खेलमा पराजित भए पनि टोली एक खेलअगाावै शीर्ष डिभिजनमा बढुवा भइसकेको छ । उसले १३ खेलमा सात जित, एक हार र पाँच बराबरीबाट २६ अंक जोडेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend