२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

युट्युबमा रिलिज हुँदै धुर्मुस् सुन्तलीको 'म त मर्छु कि क्या हो'


सञ्चार डबली
  • सोमबार, असार ११ २०८०
  • 8.2K
    SHARES

  • images
    युट्युबमा रिलिज हुँदै धुर्मुस् सुन्तलीको 'म त मर्छु कि क्या हो'

    काठमाडौं, ११ असार । हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको वेव फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युवमा हेर्न पाइने भएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । धुर्मुस् सुन्तलीले आज युट्युवमा फिल्म सार्वजनिक गर्दैछन् । फिल्ममा उनीहरुलाई धुर्मुस् र सुन्तलीकै भूमिकामा देख्न पाइने छ ।

     फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend