२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल टेलिकमको नाफा घट्यो, रिजर्भ र आम्दानी कति ?


सञ्चार डबली
  • सोमबार, जेठ ५ २०८२
  • 6.7K
    SHARES

  • images
    नेपाल टेलिकमको नाफा घट्यो,  रिजर्भ र आम्दानी कति ?

    काठमाडौं, जेठ ५ । नेपाल  टेलिकम (एनटीसीले) चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफामा ४८.६७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

    अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ५ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

    यस्तै कम्पनीको कुल आम्दानीमा समेत कमी आएको छ । कम्पनीले समीक्षा अवधिसम्म २८ अर्ब ४३ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८.८९ प्रतिशतले कम हो । अघिल्लो आवमा भने कम्पनीले ३१ अर्ब २० करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।  

    कम्पनीको रिजर्भको आकार ७२ अर्ब ७० करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब १८ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।  

    समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २१.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०३.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६७६.३६ रुपैयाँ, तरलता २.०४ प्रतिशत र पीई अनुपात ४२.७४ गुणा कायम भएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend