२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर


सञ्चार डबली
  • शनिबार, जेठ ३ २०८२
  • 6.9K
    SHARES

  • images
    यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर

     

    काठमाडौं । विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं ।

    क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्याच खेल्नुका साथै अन्य चीजबाट पनि धेरै पैसा कमाउँछन्। क्रिकेट म्याच खेल्नु बाहेक क्रिकेट खेलाडीहरू बिज्ञापन, ब्रान्ड एम्बेस्डर, व्यापार र उद्यमहरूसँग सम्बन्धित छन्, जसले यी खेलाडीहरूको आर्थिक आम्दानी बढाउँछ।

    विश्वका सबैभन्दा धनी खेलाडी सचिन तेन्दुलकर हुन्, जसलाई क्रिकेटका भगवान भनिन्छ । टाइम्स अफ इन्डियाका अनुसार अनुसार सचिन तेन्दुलकरको कुल सम्पत्ति १७० मिलियन डलर छ।

    यो सूचीमा दोस्रो नम्बरमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी रहेका छन् । सन २०२४ को रिपोर्ट अनुसार धोनीको कुल सम्पत्ति १११ मिलियन डलर छ। हालको समयमा यो मूल्यमा भिन्नता देख्न सकिन्छ।

    विराट कोहली यस युगका सबैभन्दा धनी खेलाडी मध्ये एक हुन् । टाइम्स अफ इन्डियाका अनुसार विराटको कुल सम्पत्ति ९२ मिलियन डलर छ । विराटको वन ८ नामका धेरै होटल चेन पनि रहेका छन् ।

    चौथौं सूचीमा अस्ट्रेलियाली क्रिकेट टिमका पूर्व कप्तान रिकी पोन्टिङ पनि परेका छन् । पोन्टिङको कुल सम्पत्ति करिब ७० मिलियन डलर रहेको छ। पाँचौमा भने विश्वका उत्कृष्ट खेलाडीमध्ये एक ब्रायन लारा परेका छन । वेस्ट इन्डिजका पूर्व खेलाडीको कुल सम्पत्ति करिब ६० मिलियन डलर मानिएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend