२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश


सञ्चार डबली
  • शुक्रबार, जेठ २ २०८२
  • 6.5K
    SHARES

  • images
    नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

    काठमाडौं, जेठ २ । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ ।

    शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५-५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो ।

    आईसीसिको प्लेइङ कन्डिशन अनुसार डबल राउण्ड रोबिन लिगपश्चात् २ वा बढी टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो ।

    नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो ।

    हङकङ विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूहविजेता बनेर अघि बढ्ने थियो । तर हङकङ १ जितमै सीमित भएको हो ।

    ९ टोली सहभागी प्रतियोगितामा तीन समूहमा रहेका ३-३ टोलीबाट शीर्ष टोली सुपर थ्री मा पुगेका छन् । त्यहाँबाट एकअर्कासँग खेलेपश्चात् शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् ।

    नेपालले अब सुपर ३ मा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend