२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जित्नै पर्नै दबाबका बिच बहराइनसँग भिड्दै नेपाल


सञ्चार डबली
  • बिहीबार , जेठ १ २०८२
  • 5.3K
    SHARES

  • images
    जित्नै पर्नै दबाबका बिच बहराइनसँग भिड्दै नेपाल

    काठमाडौं ।  नेपाली महिला क्रिकेट टोलीले आज बहराइनविरुद्ध खेल्दैछ । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्न लागेको हो ।

    नेपाली समय अनुसार सो खेल १२ः ३५ बजेदेखि शुरु हुनेछ । नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि १–१ अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो ।

    नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्नका लागि लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । कुल ९ देशले भाग लिइरहेको एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ ।

    नेपाली टोलीः 
    लइन्दु बर्मा (कप्तान)  पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend