२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा स्ट्रेन्थ पार्टनरको रुपमा सहकार्य


सञ्चार डबली
  • मंगलबार, वैशाख ३० २०८२
  • 7.2K
    SHARES

  • images
    शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा स्ट्रेन्थ पार्टनरको रुपमा सहकार्य

    काठमाडौं, वैशाख ३० । नेपालको राष्ट्रिय खेल भलिबललाई थप उचाइमा पु¥याउने उद्देश्यसहित शिवम् सिमेन्ट लिमिटेडले प्रधानमन्त्री कप भलिबल प्रतियोगिता २०८२ मा “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य गर्ने भएको छ। नेपाल भलिबल संघद्वारा यहि जेठ ८ गतेदेखि १५ गतेसम्म पोखराको रंगशालास्थित कभर्ड हलमा आयोजना हुने नाइन्थ पीएम कप – एनभीए विमेन्सरमेन्स भलिबल लिग – २०८२ का लागि शिवम् सिमेन्टले यो सहकार्य घोषणा गरेको हो।

    कम्पनी र संघबीच हालै काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतामा नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ विभागका भिपी निखिल अग्रवालले हस्ताक्षर गरेका हुन्।

    शिवम् सिमेन्टले यसअघि पनि महिला भलिबल कप, न्यू डाइमन्ड एकेडेमी टिम, कर्णाली यशविस लगायतका राष्ट्रिय तथा स्थानीय भलिबल टिम तथा प्रतियोगितामा सहकार्य गर्दै आइरहेको छ। कम्पनीले खेलकुदको दीर्घकालीन प्रवर्द्धनका लागि आफ्नो भूमिकालाई निरन्तरता दिँदै आएको जनाएको छ।

    आगामी प्रतियोगितामा ६ महिला टिम र ८ पुरुष टिमसहित कुल १४ टिम सहभागी हुनेछन्। संघका अनुसार प्रत्येक खेलमा ३ देखि ४ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।

    शिवम् सिमेन्टले भलिबल मात्र नभइ क्रिकेट, फुटबल, म्याराथन जस्ता लोकप्रिय खेलकुद कार्यक्रममा पनि निरन्तर सहभागिता जनाउँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि यस्ता गतिविधिमा थप सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend