२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ओटिटी प्लेटफर्म भने विक्री भएन  फिल्म 'द केरल स्टोरी',  थियटरमा भने सुपरहिट


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 9.3K
    SHARES

  • images
    ओटिटी प्लेटफर्म भने विक्री भएन  फिल्म 'द केरल स्टोरी',  थियटरमा भने सुपरहिट

     

    काठमाडौं, १० असार । सुदीप्तो सेन निर्देशित अदा शर्मा स्टारर फिल्म ‘द केरल स्टोरी’ यो वर्षको ब्लकबस्टर फिल्ममध्ये एक हो । थिएटरको बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि यो फिल्म छिट्टै ओटिटीमा आउनेमा सबै आशावादी थिए । तर बिडम्बना हालसम्म फिल्मले कुनै पनि ओटिटी प्लेटफर्म पाउन सकेको छैन ।

    निर्देशक गुप्तोका अनुसार हालसम्म कुनै पनि ओटिटी प्लेटफर्मले फिल्मका लागि सही अफर गरेका छैनन् । ‘हामी एक राम्रो ओटिटी प्लेटफर्मबाट राम्रो व्यापारिक सम्झौताको पर्खाइमा छौं । तर अहिलेसम्म हामीले विचार गर्न लायक कुनै पनि अफर आएको छैन । यस्तो लाग्छ कि फिल्म उद्योग हामीलाई दण्डित गर्न एकजुट भएका छन्’, निर्देशक गुप्तोले भने ।

    उनको बुझाईमा फिल्मले बक्सअफिसमा पाएको सफलताले कैयौं वर्गलाई हैरान बनाएको छ । त्यसकारण पनि मनोरञ्जन उद्योगका एक वर्ग उनीहरुको सफलतालाई सजाय दिन एकजुट भएको उनको दाबी छ । तर डिजिटल प्लेटफर्महरुले भने राजनीतिक रुपले कुनै पनि विवादास्पद बस्तुलाई अगाडि बढ्न नचाहेको बताएका छन् ।

    ‘केरल स्टोरीले बक्सअफिसमा राम्रो प्रदर्शन गर्यो । यद्यपि फिल्मको विषयवस्तु केही यस्तो छ, जुन दर्शकको एक निश्चित वर्गमा जबरजस्ती आक्रोश पैदा गर्न सक्छ । यो तथ्यलाई हेर्दै कुनै पनि प्रमुख ओटिटी प्लेयर फिल्म लिन तयार छैनन्’, एक प्रमुख ओटिटी प्लेटफर्मका बजार व्यवस्थापकले भनेका छन् । ती व्यवस्थापकको बुझाईमा ओटिटी प्लेफर्मले अधिक बुद्धिमान, विचारोत्तेजक र मनोरञ्जक विषयमा ध्यान केन्द्रीत गरिरहेको छ । यो अवस्थामा द केरल स्टोरी जस्तो शैलीका कथा प्लेटफर्ममा फिट हुँदैनन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend