२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्छ –प्रकाशमान सिंह


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 9.1K
    SHARES

  • images
    आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्छ –प्रकाशमान सिंह


    काठमाडौं,वैशाख ३ गते ।  पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई छ । आज झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने र जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताएका छन् ।  उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

    नेता सिंहले जनताले कांग्रेसका अहिलेका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्ने जिकिर गरेका छन् । कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने उनको भनाइ छ । कार्यक्रममा उनले भने, ‘प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ । त्यसैले अरु राजनीतिक दलहरुभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ ।’

     

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend