२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने


  • शुक्रबार, वैशाख २६ २०८२
  • 8.5K
    SHARES

  • images
    पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    शुक्रबार, २६ बैशाख २०८२

    काठमाडौं । सांस्कृतिक समाज नेपालको आयोजनामा अन्तर दोहोरी साँझ स्तरीय “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम आयोजना हुने कार्यक्रमका संयोजक चन्द्र शर्माले जानकारी दिए । शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दोहोरी प्रतियोगितामा सहभागी हुनेले एक दोहोरी साँझबाट एक - एक जना मात्रै गायक गायिकाले सहभागी हुन पाउने बताए । सहभागी हुनेले दौरा सुरुवाल लगाएर मात्रै गाउने चलन अन्त्य गरि टाइसुटमा पनि गाउन पाउने कुरा संयोजक शर्माले बताए ।

    कार्यक्रमको मुख्य प्रायोजक बिबिटिएम फाउन्डेसन रहेको छ । फाइनल कार्यक्रम नगरकोटमा सम्पन्न गरिने संयोजक शर्माले बताउँदै चाँगुनारायण नगरपालिकाले त्यसको सम्पूर्ण प्रबन्ध मिलाएको बताए । राष्ट्रिय दोहोरीगीत आइडल विजेताले ३३३३३ नगद र मोटरसाइकल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २२२२२ नगद सहित स्कुटर पाउनेछन् ।

    सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा वरिष्ठ गायक नन्दकृष्ण जोशीले शुभकामना मन्तव्य दिएका थिए । 

     


    एलिना दियाली
    अन्तर्वार्ता

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend