२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा


सञ्चार डबली
  • बुधबार, वैशाख २४ २०८२
  • 5.2K
    SHARES

  • images
    मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सविरुद्ध डकवर्थ लेविस (डीएल) पद्धतिअनुसार तीन विकेटको जित निकाल्दै गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । 

    मंगलबार राति वर्षाले प्रभावित बनेको खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै १५५ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको गुजरातले १८ मा ६ विकेट गुमाएर १३२ रन बनाउँदा पानी परेपछि खेल केहीबेर प्रभावित बनेको थियो । 

    वर्षाका कारण खेल केहीबेर रोकिएपछि गुजरातले १९ ओभरमा १४७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । जसलाई गुजरातले १९ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो । 
     
    गुजरातको जितमा कप्तान शुभमन गिलले ४३ रन बनाए । उनले ४६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । जस बटलरले २७ बलमा तीन चौका र एक छक्कासहित ३) रन थपे । शेरफन रुथरफोर्डले २८ रन जोडे । अन्य ब्याटर दोहोरो अंक जोड्न सकेनन् । 

    मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र अश्वानी कुमारले समान दुई विकेट लिए । दीपक चहरले एक विकेट लिए ।

    त्यसअघि, मुम्बईका विल ज्याक्सले सर्वाधिक ५३ रन बनाएका थिए । सूर्यकुमार यादवले ३५ र कोर्बिन बोस्कले २७ रन थपे । यसबाहेक, अन्य ब्याटर दोहोरो अंक जोड्न सकेनन् । 

    मुम्बईविरुद्ध साई किशोरले दुई विकेट लिए । मोहम्मद सिराज, अर्शद खान, प्रशिद्ध कृष्णा, राशिद खान र गेराल्ड कोएट्जेले समान एक विकेट लिए ।

    जितसँगै ११ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend