२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

युरोपेली च्याम्पियन्स लिग - बार्सिलोनालाई हराउँदै इन्टर मिलान फाइनलमा


सञ्चार डबली
  • बुधबार, वैशाख २४ २०८२
  • 6.0K
    SHARES

  • images
    युरोपेली च्याम्पियन्स लिग - बार्सिलोनालाई हराउँदै इन्टर मिलान फाइनलमा

    एजेन्सी – इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको छ । क्याटलान क्लब बार्सिलोनालाई समग्रमा ७-६ को अन्तरले हराउँदै इन्टरले उपाधि भिडन्तमा स्थान बनायो ।

    मंगलबार इन्टरले आफ्नो मैदानमा ४-३ को जितका साथ समग्रमा ७-६ को जितसँगै फाइनल यात्रा पक्का गरेको हो । यी दुई टोलीबीचको पहिलो लेग ३-३ को बराबरीमा सकिएको थियो । मंगलबार निर्धारित ९० मिनेट ३-३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

    खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो । काउन्टर अट्याकमा डेन्जल डम्फ्रिजले अघि बढाएर दिएको पासलाई मार्टिनेजले सहजै गोलमा परिणत गरे ।

    पहिलो हाफको इन्ज्युरी समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे । भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पाउ कुबार्सीले मार्टिनेजलाई लडाएको देखिएपछि रेफ्री सिमोन मार्चिनियाकले पेनाल्टी दिएका थिए ।

    दोस्रो हाफको १५ मिनेटमै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गर्दै बार्सालाई खेलमा फर्काए । लगत्तै बार्साको काउन्टरमा गार्सियाकै अन्तिम प्रहारलाई गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गरे । तर ६० औं मिनेटमा मार्टिनकै पासमा ओल्मोको हेडर गोल भएपछि खेल बराबरीमा आयो ।

    ८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनको पहिलो प्रहार गोलरक्षक सोमरले विफल पारेपनि रिवाउन्डलाई राफिन्हाले गोलमा परिणत गरे ।

    इन्ज्युरी समयमा इन्टरले बराबरी गोल फर्कायो । डम्फ्रिजकै पासमा फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो । ९९ औं मिनेटमा फ्रातेसीले गोल गल्दै इन्टरलाई फाइनल नजिक पुर्याए ।

    बुधबार हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेन खेल्नेछन् । पहिलो लेग पिएसजीले १-० ले जितेको थियो । फाइनल मे ३१ मा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend