२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

जनताका समस्यालाई ‘स्टन्ट’ बनाउनेलाई हराएर सबक सिकाऔ‍ँ–विश्व पौडेल


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 8.1K
    SHARES

  • जनताका समस्यालाई ‘स्टन्ट’ बनाउनेलाई हराएर सबक सिकाऔ‍ँ–विश्व पौडेल


    काठमाडौं, वैशाख ३ गते । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेलले चितवनका जनताका समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेलाई उपनिर्वाचनमा हराएर सबक सिकाउनु पर्ने बताएका छन् ।  

      नेता पौडेलले आज समाजिक सञ्जाल मार्फत राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई इंगित गर्दै वैशाख १० गते हुने उपनिर्वाचनमा रविलाई हराउनुपर्ने बताएका हुन्। तर उनले नाम उल्लेख नगरी रविको नागरिकता मुद्दाको विषय उठाएका छन्।उनले रविलाई हराएर नेपाली कांग्रेसका उम्मेदवार जितनारायणलाई जिताउन आग्ह गरेका छन् ।  कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई साधारण मान्छेको छोरोका रूपमा चित्रण गर्दै भोलि चाहिने समयमा सजिलै उपलब्ध हुने नेता भएको उनले उल्लेख गरेका छन्।  

    त्यस्ते उनले जनमतको कदर गर्नुपर्नेमा जोड दिँदै  विगतको निर्वाचनमा गोजीमा नागरिकता नभएका व्यक्तिको गफमा जनता भुलेको टिप्पणीसमेत गरेका छन्। उनले रास्वपा सभापति लामिछानेलाई सम्पर्क कार्यालयमा कर्मचारी राख्नका लागि गरेको विज्ञापनमाथि पनि प्रश्न गरेका छन्। 

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जितनारायण ‘स्टन्टबाज’ हैनन्, यी अगाडि–पछाडि क्यामेरा लगाएर ‘स्टन्ट’ गर्दैनन्, अध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्,’ पौडेलले लेखेका छन्, ‘चितवनमा यसपाली जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराऔँ र सबक सिकाऔँ।’ ‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नुभयो, स्थानीयको सुख–दुःखमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो,’ पौडेलले लेखेका छन्, ‘गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिँदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान, ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ।’ ‘सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सीईओ राख्ने नौटंकी? पानी ओसार्ने नौटंकी? कोही स्थानीयले सीईओको जागिर पाएरु एयरपोर्ट गएर कसैलाई ल्याइयोरु,’ पौडेलले प्रश्न गरेका छन्।

     

  • सम्बन्धित विषय:

  • # विश्व पौडेल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend