२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा तेस्रो "डम्फु साँझ" सम्पन्न..


  • शनिबार, असार ९ २०८०
  • 14.0K
    SHARES

  • images
    नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा तेस्रो "डम्फु साँझ" सम्पन्न..

    दोहा कतार - नेपाल प्रवासी तामाङ समाज कतारले आयोजना गरेको तेस्रो "डम्फु साँझ" शुक्रबार सम्पन्न भएको छ । कार्यक्रम दोहाको एक प्रतिष्ठित होटेल रेजेन्सीको सभाहलमा भएको हो ।

    समाजको अध्यक्ष सुवास तामाङको सभापतित्व जनजाति महासंघ कतारको अध्यक्ष डिएन मगरको प्रमुख आथित्य र कतारमा स्थापित अधिकांश संघसस्थाको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम  तामाङ समुदायको मौलिक बाजा "डम्फु" को संरक्षण तथा सम्बर्द्धनको साथै त्यसको इतिहास र महत्त्वलाई साङ्गीतिक कार्यक्रम मार्फत बिश्वब्यापीरुपमा पुर्याउन खोजिएको भए पनि कार्यक्रमको मुख्य उद्देश्य भने शैक्षिक बिकास कोष प्रबर्द्धनको लागि आयोजना गरिएको थियो ।

    1.jpg
    undefined

    तामाङ समाज कतारका प्रमुख लामा गुरु गुर्व लामाले पुजा गर्दै  दिप प्रज्ज्वलन सङ्गै राष्ट्रिय गान बजाएर सुरु गएको कार्यक्रममा सस्थाकी महिला उपाध्यक्ष अस्मिता घिसिङ तामाङले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेकी थिइन । दुई चरणमा प्रस्तुत भएको भएको कार्यक्रमको पहिलो चरणमा सस्थाका संस्कार बिभाग प्रमुख सबिन तामाङले सम्क्षिप्त रुपमा डम्फूको विशेषता, महत्त्व र यसको किन संरक्षण गर्नुपर्छ भन्नेबारे प्रष्ट पारेका थिए । त्यस्तै शैक्षिक बिकास कोषको संयोजक नर घिसिङ ( एन.बि घिसिङ) ले एउटा भिडियो डकुमेन्ट्री सहित कोषको उद्देश्य र भावी योजनाहरुको बारे बिस्तृत जानकारी गराएका थिए ।

    कार्यक्रममा एन.आर.एन.ए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान जनजाती महासंघ कतारको अध्यक्ष डिएन मगर लगायत केहि वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए भने सोही क्रममा अध्यक्ष मुक्तदाले आफ्नो कार्यक्रम अबधिभर विभिन्न कार्यक्रम मार्फत नेपाली समुदायको कला, सस्कृतीलाई बिश्व सामु परिचीत गराउन अग्रणी भुमिका निर्बाह गरेका कलाकारहरु र संघ सस्थाहरु प्रती धन्यवाद र दिदै आफ्नो कार्यकालभरी साथै गत वर्ष कतारमा आयोजना भएको बिश्वकप फुटबल २०२२ मा सहभागी सम्पुर्ण कलाकारहरुलाई एउटा बिशेष कार्यक्रम आयोजना गरि सम्मान गर्ने पनि जानकारी गराएका थिए ।

    प्रमुख अथिती डिएन मगरले भने आफ्नो छोटो शुभकामना मन्तव्यमा समग्र नेपाल भाषा धर्म, भेषभुषा, रितिथिती कला सस्कृतीमा बिश्वमै धनी रहेको र तामाङ समुदायको पनि आफ्नै बिशेष किसिमको संस्कार,संस्कृती रहेकोले यस्तो कार्यक्रम आयोजना गरेकोमा नेपाल प्रवासी तामाङ समाज कतारको प्रशंसा गरेका थिए ।

    2.jpg
    undefined

    कार्यक्रमको लागि नेपालबाट आएका अथिती कलाकार गायक तथा सङ्गीतकार उर्गेन दोङ, सेलो गायक बैरागी मोक्तान, म्हेन्दोमाया गायिका आर जे सबिना तामाङले आफ्नो प्रस्तुती राख्ने क्रममा तामाङ समुदाय र सस्कृति सम्बन्धित सेलो, म्हेन्दोमाया र दर्जनौं तामाङ गितहरुले दर्शकहरुलाई नचाएका थिए भने "डम्फु साँझ" बिशेष कार्यक्रममा गायक बैरागीले आमाले पठाएको भन्दै नेपालबाट ल्याएको आकर्षक कोसेली लेखिएको सुन्दर डम्फू सस्थालाई अध्यक्ष मार्फत हस्तान्तरण गरेका थिए ।

    साथै कार्यक्रममा स्थानीय कलाकारहरु कुमार ओख्रेली, सृष्टि  लामा, अभि पुरि, सिर्चेन तामाङ, एस बि।मोक्तान, माया थोकर, सुर्य लामा, सरला तामाङ, मोइराम तामाङ लगायतले तामाङ समुदायको जीवन्त डम्फु र टुङना जस्ता, म्हेन्दोमाया, लोक मौलिक बाजा सहितको साङ्गीतिक प्रस्तुतिहरु पेस गरेका थिए । औपचारिक कार्यक्रम सस्थाको महासचिव आशिस मोक्तान तामाङ सहजीकरण गरेका थिए भने सास्कृतिक कार्यक्रम श्री पाखृङ तामाङ र मणि लामाले चलाएका थिए । कार्यक्रममा उल्लेखनीय दर्शकहरुको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रवासी तामाङ समाज कतार


  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend