२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

काठमाडौंमा जापानी विशेषता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न


सञ्चार डबली
  • सोमबार, वैशाख २२ २०८२
  • 6.1K
    SHARES

  • images
    काठमाडौंमा जापानी विशेषता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न

    सोमबार, २२ बैशाख २०८२
    काठमाडौं । काठमाडौंमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय नेल सेमिनारले जापानका पाँच प्रसिद्ध नेल आर्टिस्टहरू हारु, मियानो, कानाको, माईको र ओकीलाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीहरूसँग एउटै मञ्चमा ल्याउँदै नेल आर्ट क्षेत्रमा नयाँ उत्साह थपेको छ।

    पप अप नेपाल प्रालीद्वारा प्रस्तुत र प्रिटी नेल्स तथा द नेल स्टुडियो बाई सिरापद्वारा आयोजित यस सेमिनारको उद्देश्य नेपालमा नेल आर्ट उद्योगलाई विश्वस्तरीय प्रवृत्ति र प्रविधिबाट सशक्त बनाउनु थियो।

    जापानी विशेषज्ञहरूको प्रत्यक्ष मार्गदर्शनमा सेमिनारमा जापानी नेल आर्ट शैलीको विस्तृत परिचयसँगै, सहभागीहरूले सफाइका मिहिन अभ्यासहरू, डिजाइनको सूक्ष्म तरिकाहरू र जटिल हस्तनिर्मित नेल स्टिकरहरू बनाउने सीपहरू सिके। तालिममा नेल तयारी, उपकरणहरूको स्याहार, डिजाइनको आधारभूत सीपदेखि लिएर उन्नत कार्यशालासम्म समेटिएको थियो । अनु अमात्य, सिरापा तुलाधर र कपिल उप्रेतिको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले ज्ञान आदान–प्रदानका साथै सांस्कृतिक सम्वादको सेतुको रूपमा पनि काम गर्‍यो।

    यस कार्यक्रममा आयो (राइडिङ पार्टनर), मोलतोल (फूड पार्टनर) र प्रिटीस्लिकको विशेष सहयोग रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend