२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

साहित्यकार बसन्तश्रीको १२औं कृति ‘भोट’को लोकार्पण सम्पन्न


सञ्चार डबली
  • सोमबार, वैशाख २२ २०८२
  • 6.3K
    SHARES

  • images
    साहित्यकार बसन्तश्रीको १२औं कृति ‘भोट’को लोकार्पण सम्पन्न
    २०८२, वैशाख २२ गते
    काठमाडौं । कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री एवम् हुम्ला ‘ख’का प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले राजनीतिमा एजेन्डा र पुस्तान्तरण महत्वपूर्ण हुने बताएका छन् ।
     
    नेपाली काँग्रेसका जिल्ला उप–सभापति एवम् साहित्यकार बसन्त रोकाया ‘बसन्तश्री’को बाह्रौं कृति ‘भोट’को लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् । शाहीले अन्यत्र जेजस्तो भएतापनि नेपाली काँग्रेस हुम्लामा राजनीतिक पुस्तान्तरण र हस्तान्तरण दुबै भएको दावी गर्दै अन्य जिल्ला र दलहरूले पनि यसको सिको गर्नुपर्ने धारणा राखे ।
     
    ''घरदैलो'', ‘परिपत्र’, ‘भोट हाल्ने दिन’, ‘भोट किनबेच’, ‘खुशियाली’, ‘प्रेमविवाह’, ‘भोटभित्रको भोट’, ‘जनप्रतिनिधि’, ‘यार्सा, हिमाल र सोच’, ‘पार्टी एक परिवार’, ‘पुस्तान्तरण’ जस्ता शीर्षकहरू समेटिको पुस्तक ‘भोट’ लोकार्पण कार्यक्रममा आफ्नै कृतिमाथि प्रकाश पार्दै सर्जक बसन्तश्रीले आफूले राजनीतिमा पुस्तान्तरण र हस्तान्तरण हुनुुपर्ने,  विकासको राजनीतिको नाममा भोटको राजनीति भइरहेको, हिमाली बस्ती भोटहरू कुशल नेतृत्वको पर्खाइमा रहेको, सेवा, सुशासन र विकास देश र जनताको हितमा हुनुपर्ने जस्ता सन्देशहरू दिन चाहेको बताए । ‘यार्सा, हिमा, जुना र जैमल जस्ता पात्रहरूले भोट खण्डकाव्यताई जीवन्त बनाएको दावी समेत उनले गरे ।
     
    सोही कार्यक्रममा पुस्तकका बारे समालोचना गर्दै प्रा. डा. कुलप्रसाद कोइरालाले बिचार कुहिएको यो बेला यस्तो पुस्तक आउनु साकारात्मक रहेको बताए । उनले सिर्जनाकार द्रूत लेखक भएको बताउँदै राजनीतिमा देखिएको घिनलाग्दो पक्षलाई साहित्यको माध्यमबाट अझ सटीक र कडा प्रहार गर्नुपर्ने औंल्याए ।
     
    अर्का समाचालोचक डा सैलेन्दु प्रकाश नेपालले कविता र लेखनमा समान ढंगले कलम चलाउने प्रतिभा बसन्तश्रीको भोट खण्डकाव्य नेपाली साहित्यमा महत्वपूर्ण कृति भएको बिचार व्यक्त गरे । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष, तरुण दलका पूर्व महासचिव एवम् युवा नेता भूपेन्द्रजंग शाहीले कुनैपनि लेखक एवम् साहित्यकारको लेखन लेखकमा नै भर पर्ने हुनाले तिमीले यस्तै लेख्नुपर्छ भन्नु ठीक नहुने बनाउँदै लेखकको लेखन स्वतन्त्रताको वकालत गरे ।
     
    सिर्जनशीलता, केही गर्नुपर्छ भन्ने जागरुकता र गम्भीरताले जन्माउने साहित्य जुन विधा र स्वादको भएपनि राम्रै हुने उनको दावी थियो । आफू पनि सिर्जनामा लागेको व्यक्ति भएको नाताले सिर्जमा आफैमा सहज विषय नभएको अनुभव उनले सुनाए । अर्का वक्ता डा. प्रेम शर्माले बसन्तश्री विगतमा आफ्नो विद्यार्थी भएपनि सहकर्मी साथी भएको बताउँदै भविष्यमा थप कृति र साहित्कि निखारताको लागि शुभकामना व्यक्त गरे ।
     
    काठमाडौं सुकेधारास्थित ल्याभिस गार्डेनमा साहित्यकार नारायण सापकोटाको संचालन र नेपाली लेखक संघका अध्यक्ष बियोगी बुढाथोकीको अध्यक्षतामा सम्पन्न उक्त पुस्तक लोकार्पण कार्यक्रममा संविधानसभा सदस्य रीता शाही, नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पूवं सांसद रंगमति शाही, नेपाली काँग्रेस हुम्लाका पूर्व सभापति जयपति रोकाया, पुस्तकका प्रकाशक उत्तम कुमार श्रेष्ठ, शंकर तिवारीले पनि पुस्तकका बारेमा विवेचना गरेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend