२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ढाक्रे जीवनशैलीमा 'ए ढाक्रे दाई'  साउन ५ बाट सार्वजनिक प्रदर्शनमा आउने


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 9.0K
    SHARES

  • images
    ढाक्रे जीवनशैलीमा 'ए ढाक्रे दाई'  साउन ५ बाट सार्वजनिक प्रदर्शनमा आउने

     

    काठमाडौं, ९ असार । करिब ६० बर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।फिल्मका निर्देशक निरन्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक बिषयमा फिल्म निर्माण गरेको बताए ।

    ‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडिबुटी, घिउ, भटमासहरु बेचेर नून,तेल,लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजूले भने, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुख,कष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’ उनले अहिलेको पुस्तामाझ तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई देखाउन चाहेको खुलाए ।

    फिल्ममा धु्रव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र विनोद चौधरीको छायांकन रहेको फिल्ममा सुरेश सेन्चुरीको संगीत, एनकेएम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ ।

    युनिक मुभीजको प्रस्तुतिमा राजन कसजू सह–निर्माता रहेको फिल्मको सम्पादन बिजय पोखरेल र विनोद चौधरीले गरेका हुन् ।फिल्मको बितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend