२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हेर्दाहेर्दै अन्माएर’मा विजय पुन र सोनीको अभिनय


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 10.8K
    SHARES

  • images
    हेर्दाहेर्दै अन्माएर’मा विजय पुन र सोनीको अभिनय
     

    काठमाडौं, ९ असार । गीतकार हिरा काजी थापाको शब्दमा तयार ‘हेर्दाहेर्दै अन्माएर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ । जसमा आफूलाई भन्दा बढी माया गरेकी प्रेमीकाले धोका दिएर पराईसँग विवाह गएको दृश्यले धेरैको मन छुन्छ । 

    प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्वय विजय पुन मगर र सोनी ढुंगानाको अभिनय छ । भिडियोमा देव दोर्जे लामाको छायांकन, साजन शाहको मिक्सिङ  मास्टरिङ  तथा नविन निरौलाको कलर तथा सम्पादन छ । 

    नृत्य निर्देशक प्रमोद भण्डारी सल्लाहकार रहेको सार्वजनीक गीतको भिडियो गीतकार तथा निर्माता एवं निर्देशक थापाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

    हेर्नुहोस् गीतको भिडियो : https://youtu.be/f_SwFHrpuhs

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend