२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

चितवन–२ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुन्छ–योगेश भट्टराई


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 11.3K
    SHARES

  • चितवन–२ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुन्छ–योगेश भट्टराई

    काठमाडौं, वैशाख ३ गते । बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन – २ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुनसक्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले बताएका छन् । सचिव भट्टराईले  गत निर्वाचनमा पनि रविले जानीजानी गल्ती गरेको बताउँदै समाजलाई नै ढाँटेको आरोप लगाएका छन् ।

    चुनाव प्रचारप्रसार कार्यक्रमका लागि चितवन पुगेका सचिव  भट्टराईले भने, ‘चितवन – २ मा विगतको जस्तो नतिजा आए फेरि दोस्रोपटक उपचुनाव हुन्छ । यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन’

    रविले कानून उल्लङ्घन गरेकोले पुन उपनिर्वाचन गर्नुपरेको सचिव भट्टराईले बताएका छन् । अहिले उपनिर्वाचनमा पुन रवि उम्मेदवार बनेका छन् । त्यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

    उनले चितवन – २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका उम्मेदवारलाई मतदान गरेर कम्युनिष्ट एकता र सहकार्यको सुरुवात गर्न आग्रह गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend