२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दिल्लीलाई हराउदै रोयल च्यालेन्जर्स बैंगलुरु शिर्ष स्थानमा उक्लियो


सञ्चार डबली
  • सोमबार, वैशाख १५ २०८२
  • 5.9K
    SHARES

  • images
    दिल्लीलाई हराउदै रोयल च्यालेन्जर्स बैंगलुरु शिर्ष स्थानमा उक्लियो

    सोमबार, वैशाख १५, २०८२

    काठमाडौं । दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार (अप्रिल २७) अरुण जेट्ली रंगशालामा दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य बेंगलुरुले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

    बेंग्लुरुलाई जित दिलाउन क्रुनाल पन्ड्याले ४७ बलमा पाँच चौका र चार छक्कासहित अविजित सर्वाधिक ७३ रन बनाए । विराट कोहलीले ४७ बलमा चार चौकासहित ५१ रनको योगदान गरे ।

    दिल्लीका अक्षर पटेलले दुई विकेट लिए । दुस्मन्था चमिराले एक विकेट हात पारे । त्यसअघि, टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रन बनाएको थियो । दिल्लीका केएल राहुलले सर्वाधिक ४१ रन जोडे । ट्रिस्टन स्टुब्सले ३४, अभिषेक पोरलले २८, फाफ डुप्लेसिसले २२ रन थपे ।

    बेंगलुरुका भुवनेश्वर कुमारले तीन विकेट लिए । जस हैजलवुडले दुई विकेट हात पारे । जितसँगै १० खेलबाट १४ अंक जोडेको बेंगलुरु शीर्ष स्थानमा छ । टोलीले सात खेलमा जित र तीनमा हार व्यहोरेको छ । दिल्ली नौ खेलबाट १२ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend