२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ललितपुर सिटीले लगातार दोस्रो पटक जित्यो एनएसएलको उपाधि


सञ्चार डबली
  • आइतबार, वैशाख १४ २०८२
  • 7.0K
    SHARES

  • images
    ललितपुर सिटीले लगातार दोस्रो पटक जित्यो एनएसएलको उपाधि

    काठमाडौं । ललितपुर सिटी एफसीले‌ लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। दशरथ रंगशालामा आज पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

    ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे। दुई उत्कृष्ट टिमबीचको फाइनल अनुमान गरे जस्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो।

    जहाँ एनएसएलमा अपराजित यात्रालाई ११ खेल सम्म पुर्याउँदै ललितपुरले उपाधि रक्षा गर्यो । तेस्रो संस्करण सकिंदा दुई पटक उपाधि जितेको ललितपुर एनएसएलको सर्वाधिक सफल र ठूलो टोली बनेको छ।

    खेलको १४ औं मिनेटमा पापा इबाउ केबेको प्रहार क्रसबार माथिबाट बाहिरियो। खेलको २३ औं मिनेटमा पोखराका सुदिल राईको क्रस ललितपुरका डिफेन्डरलाई लागेर रिबाउन्डमा आएको बललाई कप्तान आयुष घलानले बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लिन सकेन्।

    २७ औं मिनेटमा पोखरा फेरि चुक्यो। जो आइडोको फ्रि-किकमा स्टेफन समिर बिनोङको पावरफुल सट पोष्ट नजिकैबाट बाहिरियो। ३४ औं मिनेटमा आयुषले दिएको थ्रु-पासमा स्ट्राइकर बिनोङले प्रहार गर्नपर्ने बललाई कन्ट्रोल गर्न खोजे। ललितपुरका कप्तान तथा डिफेन्डर अनन्त तामाङले सो बललाई क्लियर गरिदिए।

    पोखराको निरन्तरको प्रयास सफल हुन सकेन् । यता ललितपुरले ४२ औं मिनेटमा अग्रता बनायो। मनोज राईको क्रसलाई होलकिपर प्रिसोले जम्प गरेर पन्च गर्न खोजे। तर उनी सफल नहुँदा इमोह इजाकियलको गोल गरे। पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो।

    खेलको ४८ औं मिनेटमा ललितपुरले अग्रता दुगुना गर्ने अवसर गुमायो। इमोह इजिकियलल राईट फ्लयांकबाट दिएको उत्कृष्ट पासमा केरभेनमस बेलफोर्टले छ यार्ड बक्सबाट बललाई राम्ररी कनेक्ट गर्न सकेनन्।

    खेलको ६१ औं मिनेटमा इमोहले तीन डिफेन्डरलाई छल्लाउँदै हानेको पावरफुल सट पोष्टमा लागेर फर्कियो। खेलको ६३ औं‌ मिनेटमा पोखराले खेललाई १-१ को बराबरीमा पुर्यायो पदम भट्टराईको क्रसमा स्टेफन समिरको हेडरलाई ललितपुरका गोल किपर जेफ्री बाल्टसले ब्लक गरे। तर रिबाउन्डमा क्लोज रेन्जबाट गोल गर्न सफल रहे। खेल १-१ को रोमाञ्चक मोडमा पुग्यो।

    तर फेरि ललितपुरले अग्रता बनायो। खेलको ७४ औं मिनेटमा पोखराका डिफेन्डरहरूले क्लियर गर्ने नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट सहज गोल गरे।

    ललितपुरले २-१ को अग्रता बनायो। पोखरा खेलमा फर्कन नसक्दा २-१ को जितमा ललितपुर विजेता बन्यो। ललितपुरले उपाधिसहित ८० लाख र पोखराले ३० लाख रुपैयाँ पाउनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend