२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 ‘जय हो’को सकियो छायांकन


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 11.9K
    SHARES

  •  ‘जय हो’को सकियो छायांकन

    काठमाडौं, वैशाख ३ गते ।  शोभित बस्नेत प्रस्तुतकर्ता रहेको  सिनेमा ‘जय हो’को मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० दिनमा सम्पूर्ण छायांकन सकिएको छ । कास्की र मुस्ताङको विभिन्न स्थानमा सिनेमाको छायांकन गरिएको हो ।टेक पौरखी राईको निर्देशन गरेको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

     सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स, केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् । 

     सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।

  • सम्बन्धित विषय:

  • # ‘जय हो’को सकियो छायांकन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend