२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फुटबल लिजेन्ड रोबर्टो कार्लोस बैसाख ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने


सञ्चार डबली
  • बिहीबार , वैशाख ४ २०८२
  • 4.6K
    SHARES

  • images
    फुटबल लिजेन्ड रोबर्टो कार्लोस बैसाख ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

    बैसाख, ०४, २०८२

    काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) ले फुटबलका महान हस्तीहरूमध्ये एक रोबर्टो कार्लोसलाई बैसाख ६ मा स्वागत गर्ने निश्चित भएको छ। प्रमुख अतिथिको रूपमा एनएसएल क्वालिफायर खेलमा रोबर्टो कार्लोस उपस्थित हुने भएपछि नेपाली खेलप्रेमीहरूमा उत्साह थपिएको छ। लिगका दुई लोकप्रिय र बलिया टोलीहरू ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबीच हुने यो भिडन्त केवल एक खेल मात्र नभई गत वर्षको फाइनलको पुनरावृत्ति पनि रहनेछ। दुई पटक फाइनलमा पुगेको धनगढी एफसी अझै आफ्नो पहिलो एनएसएल उपाधिको खोजीमा छ, जबकि ललितपुर सिटी एफसी आफ्नो उपाधि रक्षा गर्ने तयारीका साथ डिफेन्डिङ च्याम्पियनको रूपमा मैदानमा प्रवेश गर्नेछ।

    फुटबलका ग्लोबल आइकन रोबर्टो कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन्। रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरहरू मध्ये एक हुन्। फिफा विश्वकप र चार ला लिगा उपाधिहरू सहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलका उनले विश्वभरका लाखौं फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन्।

    Robarto_-1744803330.png
    undefined

    कार्लोस क्वालिफायर खेलको एक दिन अघि बैसाख ५ गते नेपाल आइपुग्ने छन्। सोही दिन उनी एक गाला डिनर, एक विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्। उनको उपस्थितिबाट एनएसएल मञ्चमा जोश र उत्साह छाउने अपेक्षा गरिएको छ।

    रोबर्टो कार्लोसको नेपाल भ्रमण नेपाली फुटबलका लागि गर्विलो क्षण हो। एनएसएलमा उनको उपस्थितिले विश्व फुटबलको नक्सामा हाम्रो लिगको पहिचान अझै उजागर हुनेछ। एनसेल एनएसएलमा कार्लोसको उपस्थिति लिगको लागि एक ठूलो उपलब्धि र देशको लागि पनि गर्वको क्षण हो।

    नेपालको प्रमुख फ्रेन्चाइज-आधारित फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) ले देशभरका शीर्ष प्रतिभाहरूलाई एकै ठाउँमा ल्याइरहेको छ। रोमाञ्चक खेलहरू, उत्साही फ्यानहरू र अब रोबर्टो कार्लोसको उपस्थिति सँगै यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो साबित हुँदैछ। खेलका टिकटहरू खरिदका लागि खल्ती एपमा उपलब्ध हुनेछन्। प्रशंसकहरूले फोनबाट सजिलै आफ्नो टिकट बुक गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend