२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

विवाह भएको ९ महिनासम्म पनि श्रीमानसँग शारीरिक सम्बन्ध नभएको अरुणिमाको दाबी


सञ्चार डबली
  • मंगलबार, वैशाख २ २०८२
  • 7.1K
    SHARES

  • विवाह भएको ९ महिनासम्म पनि श्रीमानसँग शारीरिक सम्बन्ध नभएको अरुणिमाको दाबी

    काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेको एक वर्ष नपुग्दै श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

    एक अन्तर्वार्तामा अरुणिमाले श्रीमान युवराजले आफूलाई विभिन्न कुराहरू ढाँटेर बिहे गरेको भन्दै मुद्दा दर्ता गरेको बताइन्। तथापि अरुणिमाले आफूलाई ढाँटेको विषय र प्रसंग भने कसैगरी खुलाउन चाहिनन्। ‘चार-पाँच वटा कुरा छन्, तर म अहिले भन्दै भन्दिनँ’ उनले गलल हाँस्दै भनिन्।

    उनले श्रीमानमाथि अमेरिका जानका लागि मात्रै आफूसित बिहे गरेको आरोप लगाइन्। ‘मलाई जीवन साथी बनाउने चाहना उहाँको रहेनछ। खाली मसित बिहे गरेर अमेरिका जाने सोच रहेछ। उहाँको अमेरिका जाने सपना चकनाचुर भयो,’ अरुणिमाले भनिन्।

    आफूले डिभोर्सका लागि मुद्दा हाले पनि श्रीमान त्यसमा तयार नभएको उनको गुनासो छ। उनले श्रीमान् युवराजसँग शारीरिक सम्बन्ध पनि नभएको बताइन्।

    अन्तर्वार्ताकार सोध्छन्- उहाँसँगै बस्नुभो, सँगै खानुभो, विवाह गर्नुभो। अनि थाहा छैन भन्न पाइन्छ ?

    अरुणिमा भन्छिन्- म सँगै बसिनँ हजुर। हामी सँगै बस्या छैन।

    अन्तर्वार्ताकारको अर्को जिज्ञासा- श्रीमानसँग तपाईंको सम्बन्ध भयो कि भएन ?

    अरुणिमाले भनेकी छन्- भएन। उहाँले मलाई मूलघरमा भित्र्याउनुपर्छ भनेर भन्नुभएको थियो। मूलघरमा चाहिँ वैशाखमा मात्रै भित्र्याउने कुरा थियो। हजुर वैशाखमा आउनुस् भन्नुभएको थियो। अहिले चाहिँ उहाँलाई अप्लाइ गर्नुपर्छ भनेर खाली कागजीरूपमा मात्रै विवाह गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend