२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनसेल एनएसएलको अवसरमा विश्व प्रसिद्ध फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै


सञ्चार डबली
  • शुक्रबार, चैत २९ २०८१
  • 7.3K
    SHARES

  • images
    एनसेल एनएसएलको अवसरमा विश्व प्रसिद्ध फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै

    शुक्रबार, २९ चैत्र २०८१
    काठमाडौं– नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा लिले विश्व प्रसिद्ध ब्राजिली फुटबलर रोबर्टो कार्लोस एनसेल नेपाल सुपर लिगको विशेष अतिथि रूपमा आगामी वैशाख ५ गते काठमाडौं आउने जानकारी गराएको छ।

    रोबर्टो कार्लोसलाई विश्व फुटबल इतिहासको सबैभन्दा महान लेफ्ट-ब्याक खेलाडीमध्ये एक मानिन्छ। रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय टिमबाट गरेको ऐतिहासिक प्रदर्शनले उनी विश्वभर चर्चित छन्। उनी वैशाख ६ गते दशरथ रंगशालामा आयोजना हुने पहिलो क्वालिफायर को प्रमुख अतिथि हुनेछन्।

    यो भ्रमण नेपाली फुटबलका लागि एक ऐतिहासिक अवसर हो, जसले अन्तर्राष्ट्रिय ध्यानलाई लिगतर्फ आकृष्ट गराउनेछ र नेपाली फुटबल प्रेमीहरूका लागि एक अविस्मरणीय अनुभव बन्नेछ।

    “विश्व फुटबलका महान खेलाडीलाई नेपालमा स्वागत गर्न पाउँदा हामी अत्यन्त गर्वित र सम्मानित अनुभूति गरिरहेका छौँ,” नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयांस कार्की भन्छन्। “उनको आगमनले लिगमा नयाँ उचाइ थप्नेछ र सम्पूर्ण नेपाली फुटबल समुदायका लागि प्रेरणादायी क्षण हुनेछ।”

    वैशाख ५ र ६ गतेका लागि रोबर्टो कार्लोसको उपस्थितिमा विभिन्न अन्य कार्यक्रमहरू समेत आयोजना हुने छन्।  एनसेल नेपाल सुपर लिग २०२५ ले नेपाली व्यावसायिक फुटबलको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। रोबर्टो कार्लोसको आगमन यस लिगको बढ्दो अन्तर्राष्ट्रिय प्रतिष्ठाको स्पष्ट प्रमाण हो र यसले नेपालको फुटबललाई नयाँ ऊर्जा प्रदान गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend