२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनसेल नेपाल सुपर लिगमा चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा


सञ्चार डबली
  • शुक्रबार, चैत २९ २०८१
  • 5.5K
    SHARES

  • images
    एनसेल नेपाल सुपर लिगमा चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

    काठमाडौं । एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे।

    पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा ललितपुरले गोल गर्ने मौका गुमायो। पापा इबाउ केबेले गोल रक्षक अमल नाइनसँगको वान भर्सेस वानमा गोल गर्न सकेनन्। गोलरक्षक नाइटले उनको प्रहार रोके।

    तर तेस्रो मिनेटमा नै ललितपुरले अग्रता बनायो। मणिले करिब ३० यार्ड टाढाबाट हानेको फ्रि-किकमा इमोह इजेकियलले हेडर दोस्रो बारमा सुन्दर गोलमा परिणत भयो। सुरुवातमा नै ललितपुर अग्रता बनाउन सफल रहयो।

    १२ औं मिनेटमा ललितपुरले अग्रता दुगुना गर्ने अवसर गुमायो। आदित्य शाक्यले बलमा मणिले बक्स बाहिरबाट हानेको पावरफुल सटलाई चितवनका गोलरक्षक अमल नाइटले बचाए।

    चितवनले मुभ बनाउन नै सकेन । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा शिशिर लेखीको क्रसमा भिक्टर मानसरेको हेडरलाई ललितपुरका गोलरक्षक जाफ्रे बाल्टसले सजिलै बचाए। पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो।

    दोस्रो हाफमा चितवन खेलमा फर्कन आतुर थियो। तुलनात्मक रूपमा दोस्रो हाफमा खेलमा सुधार गर्यो। खेलको ४७ औं मिनेटमा छिरिङ गुरुङको पासमा भिक्टरलाई टच भएर गएको बललाई अन्जन बिष्टले कलेक्ट गर्नुभनमदा अगाडि सनिश श्रेष्ठले क्लियर गरिदिए।

    तर खेलको ७५ औं मिनेटमा चितवनले खेललाई बराबरीमा पुर्यायो। छिरिङ गुरूङको सटलाई ललितपुरका डिफेन्डर पापे डायकिटले बल्क गरेपनि रिबाउन्डमा भिक्टर मानसारेले गोल गरे। तर यसको ५ मिनेटपछि नै चितवन फेरि पछि पर्यो। ८० औं मिनेटमा मणिको कर्लिङ फ्रि(किक प्रहार चितवनका डिफेन्डर जोनाथन क्याम्पबेललाई डिफलेक्ट हुँदै गोलमा परिणत भयो। ललितपुरले २-१ को अग्रता बनायो।

    इन्ज्युरी समयको पाँचौं मिनेटमा ललितपुरका अनिष घर्तीले गोलरक्षक अमल नाइटसँगको वान भर्सेस वानमा गोल गर्न सकेनन्। ललितपुरले खेल २-१ ले जित्दै महत्वपुर्ण ३ अंक जोड्यो।

    ललितपुरको यो दोस्रो जित हो। चार खेलबाट ८ अंक जोडेर लिगको शीर्षस्थानमा उक्लन सफल भएको हो। यसअघि ललितपुरले पोखरालाई ३-२ ले हराउँदा काठमाडौंसँग २-२ को बराबरी र धनगढीसँग गोल रहित बराबरी नतिजा निकालेको थियो।

    चौथो खेलमा पहिलो हारपछि चितवन ७ अंक जोड्दै दोस्रो स्थानमा झर्यो। चितवनले यसअघि पोखरा थन्डर्सलाई २-० र बुटवल लुम्बिनीलाई १-० ले हराउँदा झापा एफसीसँग १-१ गोलको बराबरी खेलेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend