२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मानुषी घोषले जीतिन इन्डियन आइडलः१५ को उपाधी


सञ्चार डबली
  • सोमबार, चैत २५ २०८१
  • 5.5K
    SHARES

  • मानुषी घोषले जीतिन इन्डियन आइडलः१५ को उपाधी

    काठमाडौं । कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् । फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड़गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रोस्थानमा राख्दै उनी प्रथम भएकी हुन्। फाइनलमा मानसी, सुभाजित र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा भए पनि जनताको भोटका आधारमा मानसी विजयी घोषित भएकी हुन् ।
     पुरस्कार स्वरूप उनले विजयी ट्रफीसहित २५ लाखको चेक र कार प्राप्त गरेकी छिन भने दोस्रो र तेस्रो हुने क्रमशः सुभाजित र स्नेहाले ५–५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

    यस वर्ष शोको फाइनलमा बंगालको दबदबा देखियो। शीर्ष पाँच सहभागी मध्ये तीनजना त पश्चिम बंगालका थिए। मानसी र सुभाजितको मित्रता शोमा आउनु अघिको हो र शोमा दुवैले एकअर्कालाई दाजुभाइ र बहिनीको रूपमा मान्न गर्दथे।

    विजेता बनेपछि मानसीले भनिन्, ‘मैले यो ट्रफी जितेको छु भनेर अझै पत्याउन सकिरहेको छैन। म भाग्यमानी छु कि मलाई मेरा आमाबुवा, गुरु, दर्शक र निर्णायकबाट यति धेरै माया मिलेको छ। अहिले मेरो दिमागमा धेरै कुरा चलिरहेको छ र म केही भन्न सक्दिन।’ 

    २४ वर्षीया मानसीलाई बाल्यकाल देखि नै नाच र गाउन दुवैको मन थियो । तर, उनले नृत्यभन्दा गायन रोजे र इन्डियन आइडल बनेर आफूलाई प्रमाणित गरे । अब उनी संगीत क्षेत्रमा थप करियर बनाउन मुम्बई मै बस्ने योजनामा ​​छिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend