२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए


सञ्चार डबली
  • आइतबार, चैत २४ २०८१
  • 7.7K
    SHARES

  • images
    सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए

    काठमाडौं । आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । अनुमति लिने क्रम चलिरहेको छ ।

    यसैबीच सगरमाथा आरोहणका लागि बाटो निर्माण भइरहेको छ । खुम्बु आइसफल क्षेत्रमा चार वटा भर्‍याङ र १२ वटा किला ठोकिसकिएको विभागका निर्देशक लीलाधर अवस्थीले बताए

    दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको बाटो बनाउने काम गरिरहेको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० ले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend