२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कजारियाको नयाँ सोरुम बाफल, कलंकीमा उद्घाटन, कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने


सञ्चार डबली
  • बिहीबार , चैत २१ २०८१
  • 8.1K
    SHARES

  • images
    कजारियाको नयाँ सोरुम बाफल, कलंकीमा उद्घाटन, कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने

    बिहिवार, चैत २१ २०८१
    काठमाडौँ । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बाफल, कलंकीमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । राम इम्पोर्ट हाउसद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेस, धनुषाका सभापति योगेन्द्र पजियार र उद्योग वाणिज्य संघ काठमाडौँका भु।पु।अध्यक्ष कुशकुमार जोशीको उपस्थिति रहेको थियो ।

    साथै, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो। यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिहरुले रिबन काटेर यस महत्त्वपूर्ण विस्तारको शुभारम्भ गरे ।

    समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, “हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ ।”

    कलंकीको महत्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ ।

    यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदैछ ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्त्वपूर्ण उपलब्धि हो ।

    रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्सले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

    नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।

    यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौँ रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend