२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्लमा दोहोरो भुमिकामा देखिने


सञ्चार डबली
  • बुधबार, चैत २० २०८१
  • 8.1K
    SHARES

  • अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्लमा दोहोरो भुमिकामा देखिने

     

    काठमाडौं । शाहरूख खानसँग ‘जवान’ निर्देशकको भुमिकामा देखिएका एट्लीले अन्ततः अल्लु अर्जुनलाई आफ्नो नयाँ फिल्ममा समावेश गरिसकेका छन् ।यसैबिच यो कुरा बाहिर आएको छ कि एटलीले अल्लु अर्जुनलाई दोहोरो भुमिकामा देखाउने छन् । यो खबर बाहिरिए पछि अल्लु अर्जुनका फ्यानहरूमाझ ठूलो चर्चा सिर्जना गरिरहेको छ कि अब उनी दोहोरो भुमिकामा कस्तो देखिने छन ?

    वर्षौंको दौडान पछि एट्लीले आफ्नो मुख्य नायकलाई दोहोरो भूमिकामा प्रस्तुत गरेका छन् । यसअघि पनि उनले मार्सल, बिगिल वा जवानमा यो प्रयोग गरिसकेका छन । र, यो उनको फिल्मोग्राफीको विशेषता नै बनिसकेको छ । पिपिङमुनको रिपोर्ट अनुसार ब्लकबस्टर अल्लु अर्जुनसँगको नयाँ फिल्म एए २२ पनि दोहोरो भूमिकामा नै काम हुदैँछ । अर्को मेगा स्केल एक्शन प्याक्ड फिल्ममा अल्लु अर्जुनले जुम्ल्याहा भाइहरूको भूमिका खेल्न मञ्जुर भइसकेका छन । जसका लागि अल्लु अर्जुनले आफ्नो अभिनय करियरको पहिलो दोहोरो भूमिकालाई चित्रण गर्न दुई फरक लुक्स अपनाउने भएका छन्।

    सन पिक्चर्सले निर्माण गरेको यो फिल्ममा दुई नायकलाई देखाउने भनिएको थियो तर एट्लीको इच्छा विपरीत भएका काम असफल भएका कारण विगत केही महिनामा स्क्रिप्टमा महत्वपूर्ण परिमार्जन गरिएको हो ।  रिपोर्टका अनुसार कथामा जुन पुनर्जन्मको कथा, जुन फिल्मको मूल विचार थियो, अहिले त्यो हटाइएको छ र कथा अब अल्लु अर्जुनमा मात्र केन्द्रित हुनेछ, जसमा उनीद्वारा निभाउने दुवै मुख्य भूमिकामा अब उनी एक्लै हुनेछन् ।

    निर्माताहरूले चलचित्रको लागि तीन नायिकाहरू लक गर्ने अपेक्षा गरिएको छ । जसअनुसार उनीहरूले उत्तर र दक्षिण भारतीय फिल्म उद्योगका कलाकारहरूलाई एकसाथ ल्याउने योजना बनाएका छन् ताकि पान भारत सिनेमाई अनुभव सिर्जना गर्न सकियोस्। चलचित्र अप्रिल ८, २०२६ मा रिलिज हुँदैछ र यसको प्रोमोमा अबको केही दिनबाट नै सुटिङमा जाने  बताइएको छ । यो फिल्म २०२६ को रिलिजको लागि यस वर्षको अगस्ट वा सेप्टेम्बरमा रोलिङ सुरु गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend