२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ २०८२ को घोषणा


सञ्चार डबली
  • सोमबार, चैत १८ २०८१
  • 4.9K
    SHARES

  • images
    दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ २०८२ को घोषणा

    काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहु प्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ । ७० प्रतिशत सम्म छुट सहितको आश्चर्यजनक फ्ल्याश सेल, रु १ करोड बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा सहित, ४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

    उत्सव अवधि भर, ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स-एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरू मार्फत ७० प्रतिशत सम्मको छुटमा उत्पादनहरू किन्न पाउनेछन् । सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शन विशेष रुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

    ४.४ सेल अवधि भर डिजिटल पूर्व भुक्तानीमा दराजले उपभोक्ताहरूका लागि रु. ७५० सम्मको छुट सुविधा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी नौ ओटा बैंकहरूसँग सहकार्य गरेको छ ।

    किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५५ (रु. ७५० सम्म) छुटपनि प्राप्त गर्न सक्ने छन्  । त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्नुहुने ग्राहकहरूले १०५ (रु. ५०० सम्म) छुट प्राप्त गर्न सक्नेछन्  । यसैगरी, ग्राहकहरूका लागि रु. ४४, रु.४४४, र रु. ४,४४४ को आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले विज्ञप्ति मार्फत जानकारी दिएको छ । साथै, रु.९९, रु. ३९९, रु. ९९९, र रु. १,९९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाउने छन्  ।

    ४.४ नव वर्ष उत्सवको अवधि भर, कम्तीमा रु. ५,००० बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले रु. २९,९९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउने छन्। त्यस्ता गरी, चार जना भाग्यशाली ग्राहकहरूले रु. १०,३०० बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

    ४.४ नव वर्ष उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका रु. ५,००० बराबरका गिफ्ट ह्याम्परहरू तीनजना भाग्यशाली ग्राहकहरूले जित्नेछन् भने, एक जना ग्राहकले रु. १२,००० बराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्ने छन्  । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले चैत १७ देखि चैत २१ (मार्च ३० – अप्रिल ३) भित्र रु. १०,००० बराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ ।

    त्यस्तै, रु.१,००,००० भन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले रु. १०,००० सम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नेछन् । यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend