२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ओप्पो ए फाइभ प्रो स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?


सञ्चार डबली
  • मंगलबार, चैत १२ २०८१
  • 7.1K
    SHARES

  • images
    ओप्पो ए फाइभ प्रो स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?

    काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपालमा नयाँ सिरिज ओप्पो ए फाइभ प्रो सार्वजनिक गरेको छ । ओप्पोले काठमाडौंमा एक कार्यक्रम गरी उक्त  स्मार्टफोन सार्वजनिक गरेको हो ।

    यो फोनमा पानी र धुलो प्रतिरोधी क्षमता भएको दाबी गरिएको छ । थप यसमा कमजोर कनेक्सनमा पनि एआई लिंकबूस्ट र बीकनलिंक प्रविधिले भरपर्दो कनेक्टिभिटी सुनिश्चित हुने दाबी गरिएको छ । एआई गेमबूस्टले स्मूथ गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यो फोनमा ५८०० एमएच क्षमताको ठूलो ब्याट्री रहेको छ । यो फोनमा फ्ल्यास चार्ज प्रविधि जडान गरिएको छ ।

    फोनमा ड्युल स्टेरियो स्पिकर, अल्ट्रा भोल्युम मोड र साइड-फेसिङ फिङ्गरप्रिन्ट स्क्यानरजस्ता विशेषता पनि छन् । साथै ब्लुटुथ ५.०, यूएसबी-सी, डुअल सिम, वाईफाई ५ जस्ता सुविधा पाउन सकिन्छ ।

    oppo_YEueUhTvgI.jpg
    undefined

    नेपाली बजारमा ओप्पो ए फाइभ प्रोको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीले २४ मार्चसम्म फोनको प्रि-बुकिङ खुला गरेको छ, जसमा ग्राहकले एक हजार रुपैयाँ क्यासब्याक पाउनेछन् । यो फोन २५ मार्चदेखि बजारमा उपलब्ध हुनेछ । टफ र टिकाउ फोन खोज्ने उपभोक्ताका लागि यो फोन उपयुक्त विकल्प हुने कम्पनीले जनाएको छ ।

    ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो । २००८ मा “स्माइली फेस“ मोबाइल फोनको सुरुवातपछि, ओप्पोले सौन्दर्य र प्रविधिको जोडेर आफ्ना उत्पादनहरु ब्जारमा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend