२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इण्डियन प्रिमियर लिगः मुम्बईविरूद्ध चेन्नईको जित


सञ्चार डबली
  • सोमबार, चैत ११ २०८१
  • 8.4K
    SHARES

  • images
    इण्डियन प्रिमियर लिगः मुम्बईविरूद्ध चेन्नईको जित


    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ । आइपिएलको १८ औं संस्करणको तेस्रो खेलमा चेन्नर्ईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो । कप्तान ऋतुराज गायकवाड र ओपनर रचिन रविन्द्रको अर्धशतकमा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको हो ।

    मुम्बईले दिएको  १५६ रनको लक्ष्य चेन्नर्ईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा ग¥यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले  ४५ बलमा २ चौका र ४ छक्का हाने । कप्तान ऋतुराज गायकवाडले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए । रवीन्द्र जडेजा १७ रन बनाएर नट आउट रहे। चेन्नाईका अन्य ब्याटर चल्न सकेनन् ।

    महेन्द्रसिंह धोनीले दुई बल मात्रै खेले तर रन बनाउन सकेनन् । बलिङतर्फ मुम्बईका विग्नेश पुथुरले तीन तथा दीपक चाहर विल ज्याक्सले एक÷एक विकेट लिए । पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए ।  उनले ४१ बलमा २ चौका र २ छक्का हाने । 

     कप्तान सूर्यकुमार यादवले २६ बलमा २ चौका र १ छक्का प्रहार गरी २९ रन बनाए । बलिङतर्फ चेन्नर्ईका नूर अहमदले ४, खलिल अहमदले तीन ‍तथा नाथन इलिस र रविचन्द्रन आश्विनले एक÷एक विकेट लिए । आइपिएलमा सोमबार दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend