२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइपिएल क्रिकेट: कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात


सञ्चार डबली
  • आइतबार, चैत १० २०८१
  • 7.1K
    SHARES

  • images
    आइपिएल क्रिकेट: कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

    एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ ।

    कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

    बेंगलुरुको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडे । उनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । पहिलो विकेटका लागि विराटले ओपनर फिल साल्टसँग मिलेर ९५ रनको साझेदारी गरेका थिए । साल्ट ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए । कप्तान रजत पाटीदार १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३४ रनमा आउट भए । देवदत्त पटिकल १० रनमा आउट हुँदा लियम लिभिङ्गस्टोन ५ बलमा १५ रनमा अविजित रहे ।

    त्यसअघि इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनको योगफल तयार गरेको थियो । कोलकाताका लागि कप्तान अजिक्या राहाणेले सर्वाधिक ५६ रन जोडेका थिए । उनले ३१ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरेका थिए । दोस्रो विकेटका लागि सुनिल नारायणसँग मिलेर राहाणेले १ सय ३ रनको शतकीय साझेदारी गरे । नारायणले २६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका थिए ।

    कोलकाताका मध्येक्रमका ब्याटर चल्न नसक्दा १ विकेटमा १ सय ७ रन जोडेर विशाल योगफलको संकेत गरेको थियो । तर, मध्यक्रमका ब्याटरहरु नचल्दा उसले ६७ रन थप्दा ७ विकेट गुमायो । पछिल्लो ५ ओभरमा कोलकाताले २९ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

    अंगकृष्ण रघुवंशी २२ बलमा २ चौका र १ छक्काको सहयोगमा ३० रन जोड्दै आउट भए । बेंगलुरुका लागि कु्रनाण पाण्ड्याले ३, जोस हेजलवुडले २, यश दयाल, रसिक सलाम र सुयस शर्माले समान १ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend