२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना 


सञ्चार डबली
  • आइतबार, चैत ३ २०८१
  • 6.1K
    SHARES

  •  बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना 

     

    काठमाडौँ । बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुक अनुसार रहमानलाई आइतबार बिहान चेन्नईस्थित अस्पताल भर्ना गरिएको छ । 

    छातीमा दुखाइ महसुसपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । हिन्दुस्तान टाइम्सका अनुसार रहमानको ईसीजी र इकोकार्डियोग्रामसहित परीक्षणपछि उनको मुटुमा समस्या देखिएको र एन्जियोग्राम हुन सक्ने उल्लेख छ ।

    गत महिना, एआर रहमानले चेन्नईमा कन्सर्टमा एड शीरनसँग प्रस्तुति दिएका रहमान हालै फिल्म चावाको संगीत लन्चमा पनि देखिएका थिए । यसअघि रहमानकी पूर्व पत्नी सायरा बानोलाई पनि मेडिकल इमर्जेन्सीका कारण अस्पतालमा भर्ना गरिएको थियो र उनको शल्यक्रिया गर्नुपरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend