२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक


सञ्चार डबली
  • शनिबार, चैत २ २०८१
  • 5.3K
    SHARES

  • images
    एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

    काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ को खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार आगामी चैत १६ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।

    एनसेल मुख्य प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

    एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को विजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को विजेता ललितपुर सिटी एफसीबीचको भ्याली डर्बी रहनेछ । यो बहुप्रतिक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउने अपेक्षा आयोजकको छ ।

    यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजनभर नै यो उत्साहलाई कायम राख्नेछ । यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ । जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ । अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिनेछ ।

    नेपालको अग्रणी फुटबल मञ्च नेपाल स्पोट्र्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट द्वारा आयोजित र अखिल नेपाल फुटबल संघ ९एन्फा० को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ । यो लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    एनसेल र एनएसएलबारे जानकारी

    एनसेल नेपालभर मोबाइल सञ्चार तथा डिजिटल समाधान प्रदान गर्ने अग्रणी दूरसञ्चार कम्पनी हो । नेपाल सुपर लिग (एनएसएल) को मुख्य प्रायोजकको रूपमा एनसेल नेपाली फुटबलको प्रवद्र्धनमा समर्पित छ । जसले उदीयमान तथा अनुभवी खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दछ ।

    नेपालको प्रमुख व्यावसायिक फुटबल लिग एनसेल एनएसएल विभिन्न क्लबका उत्कृष्ट खेलाडीहरूलाई मञ्चमा ल्याउने गुणस्तरीय प्रतियोगिता हो । प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पुर्‍याउँदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले मद्दत गरिरहेको छ ।

    Fixture-1741969315.png
    undefined

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend