२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट, कतिले पाए शेयर ?


सञ्चार डबली
  • शुक्रबार, चैत १ २०८१
  • 7.1K
    SHARES

  • images
    स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट, कतिले पाए शेयर ?

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ बाँडफाँट सम्पन्न गरेको हो ।

    एफपिओमा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको थियो । १८ लाख ८२ हजार ४२२ जनाले लाख २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका थिए ।कम्पनीको एफपीओ १९ हजार ५ सय ७४ जनाले १०–१० कित्ता र भाग्यमानी ३ जनाले ११–११ कित्ताका दरले पाएका छन् ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend