२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हुवावे नेपालद्वारा महिला कर्मचारीका लागि स्वास्थ्य जागरूकता कार्यक्रम समापन


सञ्चार डबली
  • बिहीबार , फागुन २९ २०८१
  • 6.7K
    SHARES

  • images
    हुवावे नेपालद्वारा महिला कर्मचारीका लागि स्वास्थ्य जागरूकता कार्यक्रम समापन

    विहीबार, २९ फागुन २०८१
    काठमाडौं ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ह्वावे नेपालले हात्तीसारस्थित हुवावे टावरमा महिला स्वास्थ्य जागरूकता सत्र आयोजना गरेर कर्मचारी कल्याण प्रति आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ।

    यो पहल यो कार्यक्रम महिलाहरूमा व्यापक रूपमा देखिने पाठेघरको क्यान्सर र पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) मा केन्द्रित गर्दै महिला कर्मचारीहरूका लागि महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो।

    महिला स्वास्थ्य विशेषज्ञले सत्रको नेतृत्व गर्दै जोखिम कारकहरू, यसका लक्षणहरू र रोकथामका उपायहरू साथै उपचारका विकल्पहरू बारे विस्तृत जानकारी दिए।

    छलफलमा पाठेघरको क्यान्सर र पिसिओएस लगायत धेरै स्वास्थ्य समस्याहरूलाई प्रारम्भिक स्क्रिनिङ जीवनशैली परिमार्जन र समयमै चिकित्सा चेकजाँच मार्फत व्यवस्थापन वा रोकथाम गर्न सकिन्छ भन्ने कुरामा पनि जोड दिइएको थियो।

    लैंगिक समावेशिता र कर्मचारी कल्याण पहलहरूको हिस्साको रूपमा हुवावे नेपालले कार्यस्थलको स्वास्थ्यकर वातावरण सुनिश्चित गर्न हावा गुणस्तर, पानीको गुणस्तर र खाद्य सुरक्षाको नियमित अनुगमन मार्फत स्वस्थ कार्य वातावरणको सुनिश्चितता गर्दै आएको छ।

    पर्यावरण, स्वास्थ्य, र सुरक्षा नीतिअन्तर्गत, कम्पनीले आगलागी नियन्त्रण अभ्यास तथा अन्य कार्यस्थल सुरक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी उच्चतम व्यावसायिक स्वास्थ्य र सुरक्षाका मापदण्डहरू कायम राख्ने कार्य गर्दै आएको छ।

    यस्ता पहलहरू मार्फत हुवावे नेपालले सबै कर्मचारीहरूको लागि स्वस्थ, समावेशी र सशक्त कार्यस्थल निर्माण गर्ने प्रतिबद्धता जारी राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend