२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ब्यालेन्स र डेटाबिनै चल्ने भयो ‘खल्ती एप’


सञ्चार डबली
  • आइतबार, फागुन २५ २०८१
  • 5.7K
    SHARES

  • images
    ब्यालेन्स र डेटाबिनै चल्ने भयो ‘खल्ती एप’

    काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ले एन्सेलसँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ। यस नयाँ सुविधा अन्तर्गत एन्सेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा पनि अनि डेटा नहुँदा पनि निस्फिक्री ‘खल्ति’ एप चलाउन सक्ने भएका छन् ।

    निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा मार्फत सजिलै आफ्नो एन्सेलको रिचार्ज साथै डेटा र भ्वाइस प्याकेज खरिद गर्न सक्नेछन् । यसका सँगसँगै पहुँच भएका प्रयोगकर्ताहरूलाई पनि इमर्जेन्सी परेको बखत यो सुविधा धेरै नै उपयोगी ठहरिन सक्छ।

    यस सुविधाले सजिलै डेटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्दछ भने सो इन्टरनेट मार्फत खल्तीमा रहेका साधा जनजीवनमा प्रयोग हुने बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधा को भुक्तानी, रेमिटेन्स, स्क्यान यान्ड पे देखि लिएर मुभी, इभेन्ट, प्जबतिष् त्तगष्श जस्ता  इनोभेटिफ सेवा सम्मको सुविधा प्रयोग गर्ने पाउनेछन्।

    यसका साथै, एन्सेल र खल्तीको सहकार्यमा हरेक आइतबार (फागुन २५ र चैत्र ३) आकर्षक उपहारको साथ फायर सेल्स घोषणा गरिएको छ। उक्त दिनहरूमा खल्तीबाट एन्सेलको डेटा वा भ्वाइस प्याक खरिद गर्ने प्रयोगकर्ताले थप डेटा र भ्वाइस (सबैजना शतप्रतिशत पक्का), एयर बड २ जनालाई), एक जोडा फिल्म टिकट (२० जनालाई) र ५ अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भिआइपी टिकट (२ जनालाई) जित्ने मौका पाउनेछन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend