२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 ठीक ढंगले काम गर्न नसकेमा मुलुकको स्थिति बिग्रदै जाने–गगन थापा


सञ्चार डबली
  • शनिबार, वैशाख २ २०८०
  • 8.2K
    SHARES

  • images
     ठीक ढंगले काम गर्न नसकेमा मुलुकको स्थिति बिग्रदै जाने–गगन थापा


    काठमाडौं, वैशाख २ गते । सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आज नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दे उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलाजस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन ।  त्यस्तै महामन्त्री थापाले ठीक ढंगले काम गर्न नसकेमा मुलुकको स्थिति बिग्रदै जाने पनि बताएका छन् ।

    महामन्त्री थापाले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने उल्लेख गरेका छन् । ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ । 

     ‘हामीले ठीक ढंगले काम गर्न सक्यौं भने अबको ३÷४ महिना भित्रमा फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन । स्थिति ठीक छैन, असहज छ । राम्रोसँग सम्हालेनौ भने बिग्रदै जान्छ’ उनले भने ।

     

     

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend