२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

विक्की काैशलकाे पाँच सय कराेड कमाउने पहिलाे फिल्म बन्याे 'छावा'


सञ्चार डबली
  • बुधबार, फागुन १४ २०८१
  • 6.7K
    SHARES

  • विक्की काैशलकाे पाँच सय कराेड कमाउने पहिलाे फिल्म बन्याे 'छावा'
     

    काठमाडौं । ऐतिहासिक एक्शन ड्रामा छावा ग्लोबल बक्स अफिसमा नयाँ उचाइमा पुगेकोछ । सन २०२५ मा पहिलो भारतीय चलचित्र बन्यो, जसले ५०० करोड ग्रस कलेक्सन पार गर्न सफल भएको हो ।

    सैकनिल्कका अनुसार यो उपलब्धी हासिल गर्नका लागि सो फिल्मले १२ दिनको मात्र समय लिएको थियो । यो माइलस्टोन हासिल गर्न सबैभन्दा छिटो हिन्दी भाषाको फिल्म पनि बनेको छ ।

    छावाले १२ दिनमा लगभग ५१० विश्वव्यापी ग्रस कलेक्सन गरिरहेको छ । जसमध्ये घरेलु कलेक्सन मात्रै लगभग ४३५ करोड भएको छ भने भने विदेशमा अनुमानित ७५ करोड कमाउन सफल भएको को । यो वर्षको सबैभन्दा ठूलो भारतीय सिनेमाको कमाइ हो, दोस्रो भने ‘संक्रान्तिकी वास्तुनम’ ले लगभग २  विश्वभर २५०ं करोड कमाएको थियो ।

    यो भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने ऐतिहासिक महाकाब्य हो र चाँडै नै यस विधामा विश्वव्यापी रूपमा सबैभन्दा ठूलो भारतीय कमाउने पद्मावतको शीर्ष स्थानमा हुनेछ। विक्की कौशलको लागि ‘छावा’ उनको पहिलेको सबैभन्दा धेरै कमाउने फिल्मसमेत बनेको छ । ‘द सर्जिकल स्ट्राइक’को ३९२ करोडको कमाइलाई पछि पार्दै छावावाट पहिलो ५०० करोड विश्वव्यापी कमाईको रेकर्ड बनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend