काठमाडौं , फागुन ८ । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय टोली एपिएफले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ ।
प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लबले विभागीय डर्बी पुलिस क्लबको सामना गर्ने तालिका छ । क्वार्टरफाइनलको दोस्रो खेलमा भने आयोजक केपी ओली एफसीले खेल्नेछ ।
उसले बुढासुब्बा च्याम्पियन न्यूरोड टिम-एनआरटीसँग खेल्ने तालिका रहेको छ । पहिलो खेलको विजेताले फागुन १३ गते संकटासँग खेल्नेछ ।
१३ गते नै मछिन्द्रले एफी ट्रान्सपोर्ट युनाइटेडसँग खेलेपछि सेमिफाइनल समिकरण पुरा हुनेछ। केपी ओली कपमा फागुन १२ र १३ गते डबल हेडर हुनेछन् ।
सेमिफाइनल खेल १४ र १४ आयोजना गरिएको आयोजक राष्ट्रिय युवा संघले जानकारी दिएको छ। विजेतालाई १५ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको उपविजेताले पाँच लाख पाउनेछन् ।
सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा साँझ पाँच बजे हुनेछ । त्यसअघिका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । फाइनल खेल फागुन १९ गते हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीबाट हुनेछ ।



