२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत


सञ्चार डबली
  • बिहीबार , फागुन १ २०८१
  • 6.7K
    SHARES

  • images
    त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान तथा प्यारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ ।

    सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार फ्लडलाइट र प्यारापिटका निर्माणको लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरिएको जनाएको छ । मन्त्रालयले गत ५ मंसिरमा सूचना आह्वान गरेको थियो । फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको छ । 

    प्यारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगलले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रूपैयाँको बोलपत्र स्वीकृत भएको हो । 

    प्रधानमन्त्री केपी ओलीले आफूले पदभार ग्रहणपछि तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति निर्देशन दिएका थिए । यो मैदान पहिला त्रिभुवन विश्वविद्यालय मातहत नै थियो ।

    कानुनी अड्चनबीच काम नहुँदा सरकारले नै सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको हो । नेपालले आईसिसी पुरुष विश्वकप लिग–२ मा चार वर्षको मान्यता पाएपछि सरकारको ध्यान त्रिवि मैदानमा पुगेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend