२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अमिषा पटेलले राँचीको अदालतमा गरिन आत्मसमर्पण


सञ्चार डबली
  • शनिबार, असार २ २०८०
  • 20.7K
    SHARES

  • images
    अमिषा पटेलले राँचीको अदालतमा गरिन आत्मसमर्पण


    काठमाडौं, २ असार । बलिउड अभिनेत्री अमिषा पटेलले राँची अदालतमा आत्मसमपर्ण गरेकी छिन् । आज अमिषा पटेल ठगी मुद्दामा उपस्थित हुन राँची सिभिल कोर्ट पुगिन्, त्यसपछि अभिनेत्रीले आत्मसमर्पण गरिन् ।चलचित्र अभिनेत्री अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणाल गुमार विरुद्ध ठगी मुद्दा दर्ता भएको थियो । उनीमाथि पैसा लिएर म्युजिक एल्बम नबनाएको आरोप छ । यसबाहेक उनीमाथि ठगी र धम्की दिएको पनि आरोप छ ।

    यस मामिलामा राँची सिभिल कोर्टले अभिनेत्रीलाई अदालतमा उपस्थित हुन भनेको थियो तर उनी अदालतमा उपस्थित हुन इन्कार गर्दै आएकी थिइन् । जसकाकारण अदालतले उनीविरुद्ध वारेन्ट जारी गर्नु परेको थियो ।

    अदालतमा हाजिर भएपछि अमिषा पटेललाई २१ जुनसम्म सशर्त जमानत दिइएको छ । यस विषयमा अर्को सुनुवाई जुन २१ मा हुनेछ। अदालतले सो समयमा पनि अमिषा पटेललाई उपस्थित हुन आदेश दिएको छ ।

    अर्गोरा निवासी अजय कुमार सिंहले नोभेम्बर १७, २०१८ मा सीजेएम अदालतमा सो मुद्धा हालेका थिए । अमिषा पटेलले संगीत बनाउने नाममा अजयकुमार सिंहसँग २.५ करोड भारतीय रुपैयाँ लिएको आरोप छ ।

    तर त्यसपछि उनले संगीत निर्माणतर्फ कुनै कदम चालिनन् । यससँगै अमिषा पटेलले फिल्म ‘देस म्याजिक’ बनाउने नाममा अजय सिंहसँग २.५ करोड रुपैयाँ ठगी गरेको आरोप छ । सम्झौता अनुसार सन् २०१८ को जुनमा फिल्म रिलिज नभएपछि अजयले पैसा मागेका थिए ।

    अमिषाको तर्फबाट ढिलाइ गरेपछि अक्टोबर २०१८ मा अजय सिंहलाई २.५ करोड र थप ५० लाख रुपैयाँको गरी दुईवटा चेक दिएका थिए, जुन बाउन्स भएको थियो । त्यसपछि अजय सिंहले अभिनेत्री माथि मुद्दा हालेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend