२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद


सञ्चार डबली
  • मंगलबार, माघ २९ २०८१
  • 6.9K
    SHARES

  • images
    अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद
     

    काठमाडौं, २९ माघ । अन्ततः गायिका एलिना चौहानको सबन्ध बिच्छेद भएको छ । यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

     उनले सामाजिक सञ्जालमा लेखेकी छिन्:

    प्रिय बिष्णु, 
    अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। 
    तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। 
    तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। 
    हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। 
    वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। 
    तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। 
    भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। 
    जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ। 
    आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ(आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। 
    पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। 
    तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend