२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हेमन्त कान्छा र प्रेमाको 'मयालाई' मा विजय र शरिष्माको अभिनय


सञ्चार डबली
  • शनिबार, असार २ २०८०
  • 12.2K
    SHARES

  • images
    हेमन्त कान्छा र प्रेमाको 'मयालाई' मा विजय र शरिष्माको अभिनय

     

    काठमाडौं , २ असार ।  गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीको पन्चेबाजाको नयाँ गीत मयालाईको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतको भिडियोमा  हेमन्तलाई स्वरमा गायिका प्रेमा पुर्जाले साथ दिएकी छन् ।

    जसमा शब्द राजकुमार बगरको रहेको छ भने संगीत प्रेमा पुर्जाको रहेको छ । भिडियोमा  एरेन्ज गायक स्वयमकै रहेको छ भने मिक्सिगं तथा मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । 

    लगनको महिनालाई लक्षित गरेर गायक हेमन्तले बजारमा ल्याएको पञ्चेबाजाको सार्वजनिक भिडियोमा मोडलद्धय बिजय पुन र शरिष्मा मगरको रोमान्टिक नृत्य देख्न सकिन्छ । छमछम नचाउने शैलिको  भिडियोमा  शरिष्मा र विजय गज्जबसँग खुलेर नाचेका छन् ।

    निरन श्रेष्ठको कोरियोग्राफी रहेको सार्वजनिक गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन् । राम केसीको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन  । भिडियोको निर्माण गायिका तथा संगीतकार प्रेमा पुर्जाले गरेकी हुन् ।

    भिडियो : https://youtu.be/7gzlW4RkHt0

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend