आइतबार, माघ २०, २०८१
काठमाडौंको भृकुटमण्डपमा १७ माघदेखि जारी 'नेपाल चेम्बर अफ कमर्स एक्स्पो– २०२५' मा नेपालको अग्रणी टायल ब्रान्डहरूमध्ये एक कजारिया रमेश टायल्स प्रदर्शनमा राखिएको छ ।
मजबुत, आकर्षक डिजाइन र अत्युत्तम गुणस्तरका लागि प्रख्यात कजारिया रमेश टायल्स लिमिटेडका उत्पादनहरूमा दर्शकले विशेष चासो व्यक्त गरेको कम्पनीले जनाएको छ ।
मेला अवलोकनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कजारिया रमेश टायल्स लिमिटेडको स्टलसहित विभिन्न स्टलहरूको भ्रमण गरे । कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक श्री संजय अग्रवालले आफ्नो विचार साझा गर्नुभयोः “हामी यस प्रतिष्ठित कार्यक्रमको हिस्सा हुन पाउँदा गर्व गर्छौं। हाम्रो लक्ष्य गुणस्तर, शैली र उचित मुल्यको संयोजन गर्दै नेपालमा विश्वस्तरीय टाइल्स ल्याउनु हो। “उनले नेपाल चेम्बर अफ कमर्स एक्स्पोको हिस्सा हुन पाउँदा गर्व महसुस गरेको बताए ।
रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजरिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।
नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन भएको एक्स्पो २१ माघसम्म चल्नेछ । एक्स्पोमा स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टलहरू राखिएको छ । करिब ५० हजार दर्शकले एक्स्पोको अवलोकन गर्ने आयोजकले बताएका छन् ।



